मुख्य समाचार

    आजदेखि पशुपति क्षेत्रमा मासु र मदिरा निषेध

    नवलपुर टुडे
    २०८० भदौ ३१ | बिहान ०८:०५ बजे

      काठमाडौं, भदौ ३१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

      भोलि सोमबार हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । 

      आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

      नियम उल्लंघन गर्नेलाई कारबाही गरिनेसमेत जनाइएकाे छ । 

      12345-1694917099.jpg

        कमेन्टहरु