समाचार

    चितवनमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

    रासस
    २०८० भदौ ३१ | बिहान ०७:०५ बजे

      भरतपुर, भदौ ३१ । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । 

      शनिबार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी र्दिए ।

      उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए । 

       

        कमेन्टहरु