गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर टुडे
२०८० भदौ ३० | मध्यान्ह ०६:०५ बजे

गोरखा, भदौ ३० । गोरखाको सिरानचोक गाउँपालिका –४ अमराईमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको यात्रुवाहक बसले र विपरीत दिशाबाट आइरहेको ग ७ प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय रामलाल कुमाललाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पुगाइएको थियो ।
कुमालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बस चालक ४९ वर्षका रेशम गुरुङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





