न्यूयोर्क जानुअघि प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेल

नवलपुर टुडे
२०८० भदौ ३० | मध्यान्ह ०१:०५ बजे

काठमाडौं,भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिवार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।





