अपराध

    काठमाडौँको गैह्रीगाउँमा खुकुरी प्रहार गरी हत्या गरिएका ४ जनाको सनाखत

    नवलपुर टुडे
    २०८० भदौ ३० | बिहान ०६:०५ बजे

      काठमाडौँ, भदौ ३० । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा हत्या भएका ४ जनाको सनाखत भएको छ । गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा भेटिएका चारै जनाको सनाखत भएको हो ।

      हत्या हुनेमा दोलखा घर भएका मिलका सुरक्षागार्ड ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ । 

      घटना गएराति ११ : ५५ बजे घटेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु