अर्थ

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    नवलपुर टुडे
    २०८० भदौ ३० | बिहान ०६:०५ बजे

      काठमाडौँ, भदौ ३० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गएराती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

      निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।

      मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु १८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु १७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु १७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु १७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर १७० रुपैयाँ ५० पैसा कायम भएको छ ।

      भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

      NOC-1694793745.jpg

        कमेन्टहरु