काठमाडौँको गैह्रीगाउँमा खुकुरी प्रहार गरी ४ जनाको हत्या

नवलपुर टुडे
२०८० भदौ ३० | बिहान ०६:०५ बजे

काठमाडौँ, भदौ ३० । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ ।
गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार हत्या हुनेमा २ महिला र दुई जना पुरुष छन् ।
उनीहरु ३ जना दोलखा र १ जना धनकुटाका हुन् । घटना गए राति १२ बजेतिर भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएको जनाइएको छ ।





