अपराध

    धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याएर पैसा उठाउने एक जना पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ २९ | मध्यान्ह ०८:०५ बजे

      जनकपुरधाम, भदौ २९ । धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याएर पैसा उठाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

      ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भई घुमुवा प्रहरी भन्दै डर धम्की देखाई नगद ४ हजार रुपैयाँ लुटेर भाग्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको हो । अर्को व्यक्ति भने भाग्न सफल भएको र उनको खोजीकार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनकारी दिए ।

      धनुषाको विदेह नगरपालिका – ३ चिकना महिनाथपुरस्थित भित्री सडक खण्डबाट यादवलाई पक्राउ गरिएको हो । मोटरसाइकलसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।

        कमेन्टहरु