संविधान दिवसमा राष्ट्रपतिद्वारा प्रदान गरिने विभूषण स्थगित गर्ने सरकारको निर्णय

नवलपुर टुडे
२०८० भदौ २९ | मध्यान्ह ०७:०५ बजे

काठमाडौं, भदौ २९ । सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रवक्ता शर्माका अनुसार बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ ।
कार्यदलले प्रतिवेदन नदिउन्जेलसम्मका लागि विभूषण प्रदान गर्ने कार्य स्थगन गर्ने उनले बताइन् ।





