अपराध

    दुर्लभ सुनकछुवासहित ६ जना पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ २९ | मध्यान्ह ०६:०५ बजे

      काठमाडौं, भदौ २९ । काठमाडौको टोखा नगरपालिका–५ स्थित सुनकोसी क्याफेबाट दुर्लभ सुनकछुवासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

      दुर्लभ वन्यजन्तुको किनबेच भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जको प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बिहीबार दिउँसो १ बजे पक्राउ गरिएको हो ।

      पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१० का ३२ वर्षीय जयराम घिमिरे, काभ्रे नमोबुद्धका रहर तामाङ, उदयपुरको त्रियुगाका राजकुमार राई, काभ्रेकै नयाँबस्तीका सुदर्शन राई, सोहीका नारायण थामी र रुपक बस्नेत छन् ।

      उनीहरूले उक्त कछुवा ३५ लाख रुपैयाँमा बिक्री वितरण गर्ने उदेश्यले बोकेर हिँडेको प्रहरीको अनुसन्धानले देखाएको छ । दुर्लभ सुनकछुवा नेपालको तराई क्षेत्रमा पाइने गर्छ । यो संसारमै दुर्लभ प्राणी मध्येमा पर्छ ।

      प्रहरीले उक्त कछुवाबारे थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाएको प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

        कमेन्टहरु