देश

    राष्ट्रपति पौडेलद्वारा पाँच जना महिला चिकित्सकलाई अवार्ड प्रदान

    नवलपुर टुडे
    २०८० भदौ २९ | मध्यान्ह ०३:०५ बजे

      काठमाडौं, भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच जना महिला चिकित्सकहरूलाई अवार्ड प्रदान गरेका छन् । नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ शुक्रबार राष्ट्रपतिले चिकित्सकहरूलाई प्रदान गरेका हुन् ।

      अवार्ड पाउनेमा डाक्टरहरू अर्चना अमात्य, गीता शाक्य, मीता सिंह, कोकिला वैद्य र प्रमिला प्रधान रहेका छन् । साथै राष्ट्रपति पौडेलले संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई प्रदान गरेका छन् ।

      नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै संघले सो सम्मान प्रदान गरेको हो । उनीहरूलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

        कमेन्टहरु