प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्म स्थगित

नवलपुर टुडे
२०८० भदौ २९ | मध्यान्ह ०२:०५ बजे

काठमाडौं, भदौ २९ । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित गरएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएका हुन् ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार उनले विभिन्न विषयमा संसदलाई जानकारी गराएका थिए ।
यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा सदस्य तथा एमाले सांसद् सुवासचन्द्र नेम्वाङको निधन भएको र संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको पनि प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।





