अपराध

    रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे भ्रामक पोस्ट गर्ने एक युवक पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ २९ | बिहान ०९:०५ बजे

      काठमाडौं, भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद डा ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

      कास्की प्रहरीले स्याङ्जा आँधीखोलाका ३५ वर्षीय सूर्यबहादुर रेग्मीलाई पक्राउ गरेको हो । श्रेष्ठको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने जस्ता कुराहरु लेखी पोस्ट गरेका थिए ।

      श्रेष्ठले आफ्ना विषयमा जथाभावी लेख्नेलाई कारबाही गरिपाउँ भनी प्रहरीमा उजुरी दिएका थिए । रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु