प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

नवलपुर टुडे
२०८० भदौ २९ | बिहान ०७:०५ बजे

काठमाडौं, भदौ २९ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने तथा प्रतिनिधिसभा सदस्य स्थान रिक्त रहेकोबारे जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङ्गले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।






