नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरहरु)

नवलपुर टुडे
२०८० भदौ २८ | मध्यान्ह ०१:०५ बजे

काठमाडौँ, भदौ २८। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरु आर्यघाट पुगेका थिए । नेम्वाङलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
नेम्वाङको गत भदौ २६ गते सोमबार हृदयघातका कारण निधन भएको थियो ।







