मृगौला रोगबाट मृतक गंगा राना मगरको परिवारलाई मगर संसार फोटो ग्यालरीद्वारा आर्थिक सहयोग हस्तान्तरण


बुटवल, भदौ २८ । मगर संसार फोटो ग्यालरीद्वारा संचालित १६९ औं आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका – १८ धरमपुर स्थायी घर भएका मृगौला रोगबाट पीडित गंगा रानाको नाममा संकलित सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो । बिडम्बना उनको उपचारकै क्रममा भदौं ६ गते मृत्यु भएको थियो ।
मगर संसार फोटो ग्यालरीको सहयोग अपिलमार्फत संकलित रु.३ लाख ६१ हजार ८ सय ९९ रुपैयाँ मृतक राना मगरको परिवारलाई बुधबार एक कार्यक्रमबीच पश्चिम नवलपरासी रामग्राम – १८ धरमपुरस्थित मृतकको घरमा पुगि संकलित रकम हस्तान्तरण गरी सम्पन्न गरिएको जनाएको छ ।
उक्त संकलित रकम मगर संसार फोटो ग्यालरीका एडमिनहरु प्रिया राना मगर र अशिम प्रजा पुन मगरले नमुना लाङ्घाली मगर समाजका अध्यक्ष दान बहादुर अस्लामी मगर, नमुना लाङ्घाली मगर समाजका रकम संकलन संयोजक राजु आले मगरको संयुक्त टोलीले रामग्राम नगरपालिका – १८ का वडा अध्यक्ष एवम् नमुना लाङ्घाली मगर समाजका सल्लाहकार संयोजक गोपाल डिस्वा मगरको उपस्तिथिमा मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।
मृतक गंगा राना मगरको उपचारको लागि विशेष आर्थिक अभियानमा साथ सहयोग गरी दिनु हुने, एडमिन/अभियान्ता मनबहादुर थापा मगर, एडमिनहरु, अभियन्ताहरु विशाल रुचाल दिसुवा मगर, गोपाल दिसुवा मगर, जीवन दर्लामी मगर, तेज पुन मगर, कला राना मगर, गोरे सारु मगर, रन्जित सारु मगर र भुपिन्द्र लगायत सहयोगी दातालाई मृतकको परिवारजनले हार्दिक आभार प्रकट गरेका छन् ।





