समाचार

    धरानका उपमेयर बेघाको घरमा अज्ञात समूहद्वारा तोडफोड

    नवलपुर टुडे
    २०८० भदौ २६ | मध्यान्ह ०८:०५ बजे

      धरान, भदौ २६ । धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा अज्ञात समूहले तोडफोड गरेका छन् । धरान –१५ खिरिया बस्तीमा रहेको बेघाको घरमा तोडफोड गरिएको हो ।

      तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ । उपमेयर बेघाको कान्छा भाइ विष्णुलाई आक्रमण गर्न आएको समूहले घर तोडफोड गरेको बताइएको छ । घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरी समयमै नपुगेको उपमेयर बेघाले बताएका छन् ।

      उनले घटना हुनेबित्तिकै बोलाउँदा समेत प्रहरी नआउनुले धरानको शान्ति-सुरक्षामा प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजीकार्य भइरहेको बताए ।

        कमेन्टहरु