देश

    सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारको निर्णय

    नवलपुर टुडे
    २०८० भदौ २६ | मध्यान्ह ०७:०५ बजे

      काठमाडौं, भदौ २६ । संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै बिहीबार शोक बिदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

      नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे गरिने भएको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसअनुसार गृहले सार्वजनिक बिदाको विज्ञप्ति जारी गरेको हो ।

      त्यस दिन राष्ट्रिय झन्डा आधा झुकाइने पनि प्रवक्ता शर्माले जानकारी दिए । बिहीबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।

      g

        कमेन्टहरु