समाचार

    साहित्यकार राजेन्द्र पराजुलीको निधन

    नवलपुर टुडे
    २०८० भदौ २६ | बिहान ११:०५ बजे

      काठमाडौ, भदौ २६ । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाबाट पीडित पराजुलीको आज बिहान बीएन्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

      हिजो राति बीएन्डबी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरी उपचार गरिएको पराजुलीको आज बिहान ७ बजे निधन भएको हो । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

      काठमाडौँको कोटेश्वरमा जन्मिएका पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् । 

      साथै उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक, सल्लाहकार सम्पादकका रूपमा काम गरेका छन् । 

        कमेन्टहरु