देश

    नेम्वाङको निधनपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

    नवलपुर टुडे
    २०८० भदौ २६ | बिहान ०९:०५ बजे

      काठमाडौँ, भदौ २६ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । 

      उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । स्वर्गीय नेम्वाङलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा रहेका छन् । 

      नेम्वाङलाई दिइने सम्मानको टुङ्गो लागेपछि मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिइने सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

        कमेन्टहरु