देश

    देश लुट्ने भष्मासुर र कोरोनाले राज्य मचाएको छ यहाँ

    जगत ठाडा मगर
    २०७८ जेष्ठ ८ | बिहान ०८:०२ बजे

      बिनोद मण्डल ( सिराहा )

      हाँसी हाँसी रगत बगाए जसले ।
      गोली छातीमा थापे जसले ।
      प्राणको आहुति दिए जसले ।
      के यस्तै नेपाल बनाउनलाई ?

      निमुखा मुखमा बोली भरे जसले ।
      रगत बगाई युद्धभूमिमा लडे जसले ।
      के यस्तै नेपाल बनाउनलाई ?

      राणा शासन फाले जसले ।
      पञ्चायती व्यवस्था फाले जसले ।
      के यस्तै नेपाल बनाउनलाई ?

      बहुदलीय व्यवस्था स्थापना गरे जसले ।
      राजतन्त्र समाप्त गरे जसले ।
      लोकतन्त्र स्थापना गरे जसले ।
      गणतन्त्र बनाए जसले ।
      के यस्तै नेपाल बनाउनलाई ?

      नारीको अस्मिता लुटिएको छ यहाँ ।
      गरिबको पसिना बगेको छ यहाँ ।
      कोरोनाले राज्य मचाएको छ यहाँ ।

      भुकम्पले धक्का दिएको छ यहाँ ।
      आँशु पुछ्ने छैनन यहाँ ।
      कोसी रोएको छ यहाँ ।

      महाकाली निसासिएको छ यहाँ ।
      हिमाल पहिचान खोज्दै छन् ।
      तराई र पहाड विवादमा छन् यहाँ ।

      लौ अब ढिलो नगर ।
      उठ आमाको आँशु पुछ्न ।
      दुश्मनलाई परास्त गर्न बन्द गर ।
      लाज नीतिहरु ।

        कमेन्टहरु