देश

    राष्ट्रपति पौडेलद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त

    नवलपुर टुडे
    २०८० भदौ २६ | बिहान ०७:०५ बजे

      काठमाडौं, भदौ २६ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

      सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

      राष्ट्रपति पौडेलको सामाजिक सञ्जाल एक्समा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।’

      बालुवाटारस्थित निवासमै गएराति हृदयघात भएपछि उपचारका लागि महाराजस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

        कमेन्टहरु