मुख्य समाचार

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, पार्थिव शरीर दुई दिन पार्टी कार्यालय राखिने

    नवलपुर टुडे
    २०८० भदौ २६ | बिहान ०७:०५ बजे

      काठमाडौँ, भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण मंगलबार बिहान १ बजे निधन भएको हो ।

      बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । 

      उनको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ । भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार गरिने इलाम – १ का सांसद महेश बस्नेतले जानकारी दिए । उनका अनुसार नेम्वाङको शव अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ ।

        कमेन्टहरु