कोशी प्रदेश

    कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

    नवलपुर टुडे
    २०८० भदौ २५ | मध्यान्ह ०५:०५ बजे

      विराटनगर, भदौ २५ । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन् ।

      मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

      नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश दिनेश यादवले आजै पद तथा गोपनियताको शपथ गराएका छन् ।

        कमेन्टहरु