तीन हजार अमेरिकी डलरसहित एक जना पक्राउ

नवलपुर टुडे
२०८० भदौ २५ | बिहान १०:०५ बजे

काठमाडौं, भदौ २५ । अमेरिकी डलरसहित धादिङबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३८ वर्षीय सोमबहादुर योञ्जनलाई आइतबार साँझ करिब साढे ६ बजे थाक्रे गाउँपालिका–१, अमलेफाँटबाट तीन हजार ३०८ अमेरिकी डलरसहित पक्राउ गरेको हो ।
बाटोमा पैदल हिडिरहेका योञ्जनलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट अमेरिकी डलर बरामद भएको बाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।





