समाचार

    धरानमा भएको गौ हत्याविरुद्ध पाल्पामा प्रदर्शन

    असिम कामु
    २०८० भदौ २४ | मध्यान्ह ०३:०५ बजे

      पाल्पा, भदौ २४ । धरानमा भएको गौ हत्याविरुद्ध पाल्पामा प्रदर्शन गरिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडि र्‍यालीसहित विरोध प्रदर्शन गरिएको हो ।

      देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरुलाई कारबाहीको माग गर्दै र्‍याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए । 

      र्‍यालीमा सहभागीहरूले तानसेन बजार परिक्रमा गर्दै ‘गौ हत्या तत्काल बन्द गरौँ’, ‘गौहत्या गर्नेमाथि कारबाही गरौँ’, ‘संविधानको पालना गरौँ’, ‘सामाजिक सद्भाव कायम गरौँ’ लगायतका नारा लगाएका थिए । 

       

        कमेन्टहरु