अपराध

    धनकुटामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ २४ | मध्यान्ह ०१:०५ बजे

      धनकुटा, भदौ २४ । धनकुटामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–८ का ६७ वर्षीय रंगलाल तामाङ छन् ।

      तामाङलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । गएको आइतबार दिउँसो किशोरीलाई डरत्रास देखाई आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको तामाङमाथि आरोप छ ।

      सो उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु