अपराध

    प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ २४ | मध्यान्ह ०१:०५ बजे

      काठमाडौं, भदौ २४ । प्रहरीमाथि हातपात गरेको अभियोगमा काठमाडौको शंखमुलबाट एक जना पक्राउ परेका छन् । सिन्धुली मरिन गाउँपालिका – ४ घर भइ काठमाडौं महानगरपालिका – १० बुद्धनगर बस्ने ३० वर्षीय राज कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।

      काठमाडौं महानगरपालिका – ३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तिब्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा.३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द प्रगोग गरी बादबिबाद गरेका थिए ।

      सो क्रममा उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि नै हातपात गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु