अपराध

    ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

    असिम कामु
    २०८० भदौ २३ | मध्यान्ह १२:०५ बजे

      सुनसरी, भदौ २३ । सुनसरीको बर्जु गाउँपालिका – १ शुक्रबारेमा अज्ञात समूहले प्रहरीमाथि आक्रमण गरेर हतियार लुटेको छ । शुक्रबार मध्यराति ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको हो । 

      सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जनाएको छ । सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा निरीक्षण गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए ।

      सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । अर्का प्रहरी पनि घाइते छन् । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु