कात्तिक १५ देखि २५ गतेसम्म गुल्मी महोत्सव हुने

नवलपुर टुडे
२०८० भदौ २३ | बिहान ०७:०५ बजे

इन्द्रजित नेपाली
गुल्मी । कार्तिक १५ देखि २५ गतेसम्म गुल्मीमा महाेत्सव हुने भएको छ । सधै तम्घासको चिदीचौरमा हुने महोत्सव यो बर्ष भने उपल्लो तम्घासमा हुने भएको हो ।
गुल्मी उद्योग बाणिज्य संघको आयोजनामा गुल्मी औधोगिक तथा ब्यापार महाेत्सव २०८० गुल्मीको उपल्लो तम्घास- ९ मा संचालन हुन लागेको संघका अध्यक्ष नवराज भुसालले नवलपुर टुडेलाई जानकारी दिए ।





