समाचार

    मेची नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार   

    नवलपुर टुडे
    २०८० भदौ २२ | मध्यान्ह ०६:०५ बजे

      झापा, भदौ २२ । झापाको मेचीनगर नगरपालिका–१ तिरिङ दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 

      शुक्रबार सशस्त्र प्रहरीले ईलामको रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको उद्धार गरेको हो । तामाङले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको हो ।

      उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु