स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८० भदौ २२ | मध्यान्ह ०६:०५ बजे

धनुषा, भदौ २२ । स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका – ४ स्थित सडकबाट अन्दाजी २० वर्षीय भारतीय नागरिक राजेश साहलाई पक्राउ गरेको हो ।
उनले बोकेको झोलाको खानतलासी गर्दा १ हजार दरको नोट १८५० थान र ५ पाँच सय दरको नोट ४०० थान गरी जम्मा बीस लाख पचास हजार रुपैयाँ फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।





