दुर्घटना

    सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट १२ वर्षीया बालिकाको मृत्यु

    नवलपुर टुडे
    २०८० भदौ २२ | मध्यान्ह ०५:०५ बजे

      सिन्धुपाल्चोक, भदौ २२ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका – १२ साँगाचोकमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

      चौताराबाट बन्देउ जाँदै गरेको बा ५ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाह्रबिसे नगर – ३ की १२ वर्षीया बेली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक संञ्जिवकुमार यादवले जानकारी दिए ।

      बेली स्थानीय जनजागृति माध्यमिक विद्यालयमा विशेष शिक्षा स्रोत कक्षा सुस्त मनस्थिति केन्द्रमा अध्ययनरत थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।

      घटनापछि टिपर र चालक २८ वर्षीय सुवास गिरिलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको यादवले जानकारी दिए । बेलीको शव चौतारा अस्पतालमा सुरक्षित राखिएको उनले बताए ।

        कमेन्टहरु