कोशी प्रदेश

    कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुँदै, आजै शपथ लिने तयारी

    नवलपुर टुडे
    २०८० भदौ २२ | मध्यान्ह ०४:०५ बजे

      विराटनगर, भदौ २२ । सर्वोच्च अदालतको परमादेशपछि नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की आज मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

      सर्वोच्चले बिहीबार उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरी कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तय भएको छ ।

      प्रदेश प्रमुखकको कार्यालयले दिएको जानकारीअनुसार मुख्यमन्त्री नियुक्त गरी आजै शपथ खुवाउने तयारी भएको कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले बताए । कार्कीले एमाले सांसद तिलकुमार मेन्याङ्बो र एकराज कार्कीलाई पनि मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । 

        कमेन्टहरु