समाचार

    रौतहटमा मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

    नवलपुर टुडे
    २०८० भदौ २२ | मध्यान्ह ०१:०५ बजे

      जनकपुरधाम, भदौ २२ । रौतहटको दुर्गा भगवती गाउँपालिका – ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी (साधु)माथि सांघातिक आक्रमण भएको छ ।

      पुजारी मिश्रीलाल साहमाथि बिहिबार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरेको स्थानीयका उमेश साहले बताए ।

      उनका अनुसार साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएको थियो । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।

      रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र अनुसन्धानका लागि प्रहरी खटि गएको बताए । आक्रमण कसले र किन गरेको भन्नेबारे नखुलेको उनको भनाई छ ।

        कमेन्टहरु