६० किलो सुन तस्करी प्रकरण : थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्यो

नवलपुर टुडे
२०८० भदौ २२ | बिहान ०९:०५ बजे

काठमाडौं, भदौ २२ । ६० किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले बाराका शिव कुमार सफरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् । त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो । उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।





