देश

    निजामति सेवा दिवसको अवसरमा को-को हुँदै छ त पुरस्कृत (सूचीसहित)

    नवलपुर टुडे
    २०८० भदौ २२ | बिहान ०७:०५ बजे

      काठमाडौं, भदौ २२ । सरकारले २०औं निजामति सेवा दिवसका अवसरमा पुरस्कृत हुने कर्मचारीको नामावली सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरस्कार पाउने कर्मचारीको नाम आज सार्वजनिक गरेको हो ।

      यसपालि १० निजामति कर्मचारीहरूले उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनाले निजामति सेवा पुरस्कार गरी कुल ४० जना पुरस्कृत हुँदैछन् । पुरस्कृत हुनेहरू धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ रहेका छन् ।

      त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लामिछाने पनि पुरस्कृत भएका छन् ।

      त्यसैगरी मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभलक्ष्मी लामा पुरस्कृत भएका हुन् ।

      डा. रोशनी लक्ष्मी तुइतुई, कुमार प्रसाद घिमिरे, सुजन जोजिजु, शुकदेव लम्साल, रेविका अमात्य, राजेश कुमार केसी होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा. डमरुबल्लभ पौडेल, नारायण प्रसाद ज्ञवाली र चुडाराज सापकोटा परस्कृत भएका छन् ।

      यस्तै शोभा गिरी, नरबहादुर नेगी, मिना पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थी, नवराज तामाङ व्लोन, युक्त प्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाई, ठाकुर प्रसाद भट्टराई र मनोज कुमार महतो रहेका छन् । 

      निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा राजु कटुवाल क्षेत्री, हुर्मत वि.क., देवकला अर्याल, उमेश भट्टराई, राम प्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहर लाल अहिर रहेका छन् ।

      suchi-1694136474.jpg

        कमेन्टहरु