देश

    ७ सांसदहरुको हस्ताक्षर किर्ते गरेको दाबी

    नवलपुर टुडे
    २०७८ जेष्ठ ७ | मध्यान्ह ०६:०२ बजे

      काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनको लागि गठबन्धनवालाले नेकपा एमाले पक्षका सात सांसदहरुको हस्ताक्षर किर्ते गरेको दाबी गरेका छन् ।

      एमालेका सांसदहरु सरेन्द्र पाण्डे, योगश भट्टराई,जयकुमार राई लायगतले आफूहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र हाम्रो हस्ताक्षरको दुरुपयोग गरेको प्रती आपत्ती जनाउनु भएको छ ।

      प्रतिनिधि सभामा जम्मा सांसदको संख्या २७१ भएपनि आज राष्ट्रपती समक्ष बुझाएको सरकारको लागि मत संख्यामा गठबन्धनवालाको तर्फबाट १४९ र नेकपा एमालेको तर्फबाट १५३ संख्या बुझाएकोले चौतर्फी दलहरुको अंकगणितको आलोचना भईरहेको छ ।

      सांसदको हस्ताक्षरको अंकगणितमा ३०२ जना पुगेकोले राष्ट्रपती कार्यालयले सो को अध्ययन गर्ने भएकोले आजै नयाँ सरकार बन्ने सम्भाबना न्युन भएको जानकारी दिएको छ ।

      यी हुन् हस्ताक्षर नगरेको दाबी गर्ने एमाले सांसदहरु :

      १.सुरेन्द्र पाण्डे
      २ गोकर्ण विष्ट
      ३. घनश्याम भुसाल
      ४. नारायण खतिवडा
      ५. गणेश पहाडी
      ६. योगेश भट्टराई
      ७. जयकुमार राई

        कमेन्टहरु