मौसम

    आज यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८० भदौ २२ | बिहान ०७:०५ बजे

      काठमाडौँ, भदौ २२ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

      आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको छ ।

      आज राति भने कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी  प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

        कमेन्टहरु