वडा अध्यक्ष रिजालको निधनमा काठमाण्डौ महानगरले दियो भोलि शोक बिदा

नवलपुर टुडे
२०८० भदौ २१ | मध्यान्ह ०३:०५ बजे

काठमाण्डाै, भदौ २१ । काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि शोक बिदा दिने भएको हो ।
महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ । रिजालको निमोनियाका कारण बिहीबार बिहान साढे ७ बजे उपचारका क्रममा निधन भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका थिए ।
दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उनको निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिए ।





