काठमाडौं महानगर – १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

नवलपुर टुडे
२०८० भदौ २१ | बिहान ०८:०५ बजे

काठमाडौं, भदौ २१ । काठमाडौं महानगरनगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
बिहीबार बिहान साढे ६ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले जानकारी दिए ।
रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् ।





