कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक जना पक्राउ

नवलपुर टुडे
२०८० भदौ २० | मध्यान्ह ०३:०५ बजे

काठमाडौ, भदौ २० । काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार यादवलाई उपचारका आगि ट्रमा सेन्टरमा लगिएको छ । रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्किदै गर्दा यादवमाथि खुकुर प्रहार भएको हो । यादवको टाउकोमा चोट लागेको छ ।
यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ । नुवाकोट घर भएका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको हो । उनले के कारणले सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेको खुलिनसकेको प्रहरीको भनाइ छ ।





