लुम्बिनी प्रदेश

    एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले विजयी

    नवलपुर टुडे
    २०८० भदौ २० | बिहान ०८:०५ बजे

      बुटवल, भदौ २० । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । गएराति सम्पन्न मतपरिणाम अनुसार कँडेलले उनका प्रतिस्पर्धी प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन् ।

      कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए भने उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाए । त्यसैगरी अन्य पदाधिकारीको अन्तिम मत परिणामअनुसार उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए भने सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

      त्यस्तै पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगरले ४१८ मत पाएर विजयी भएका थिए भने महिला उपसचिवमा कँडेल समूहका बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन् ।

        कमेन्टहरु