समाचार

    अर्घाखाँचीमा चट्याङ लागेर एक युवकको मृत्यु, चार जना गम्भीर घाइते

    नवलपुर टुडे
    २०८० भदौ १८ | मध्यान्ह ०६:०५ बजे

      अर्घाखाँची, भदौ १८ । अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । त्यस्तै चट्याङ लागेर अन्य चार जना गम्भीर घाइते भएका छन् । 

      मृत्यु हुनेमा स्थानीय २० वर्षीय मिलन खनाल रहेका छन् । सन्धिखर्क अस्पतालमा उपचारको क्रममा खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

      यस्तै घाइते हुनेमा सोही ठाउँका २१ वर्षीय दामोदर खनाल, २५ वर्षीय जेमबहादुर पुन, २२ वर्षीय चन्द्रबहादर पुन र २८ वर्षीय लिलबहादुर पुन रहेका छन् ।

      उनीहरुको जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल रिफर गरिएको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु