गुल्मीमा चट्याङ लागेर ६ जना विद्यार्थी घाइते

नवलपुर टुडे
२०८० भदौ १८ | मध्यान्ह ०६:०५ बजे

गुल्मी, भदौ १८ । गुल्मीको एक विद्यालयमा चट्याङ लागेर छ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाकाे मुसिकाेट नगरपालिका-६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयका विद्यार्थी चट्याङ लागेर घाइते भएका हुन् ।
साेमबार दिउँसो तीन बजेर पाँच मिनेट जाँदा चट्याङ लागेको थियो । घाइते मध्ये चार जना विद्यार्थीलाई पाल्पा मिसनमा थप उपचारको लागि पठाइएको कुर्घा स्वास्थ्य चौकीकी इन्चार्ज ममता श्रीसले जानकारी दिइन् ।
चट्याङले लागेर दुई जना सामान्य घाइते भएका थिए । चार जनाको अवस्था मध्यम रहेकाे छ ।





