समाचार

    एक हप्तादेखि बेपत्ता रहेकी गुल्मीका ७० वर्षीया वृद्धा मृत फेला 

    नवलपुर टुडे
    २०८० भदौ १८ | मध्यान्ह ०२:०५ बजे

      गुल्मी, भदौ १८ । गुल्मीको इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलकी ७० वर्षीया ज्ञानकुमारी बस्नेत मृत फेला परेकी छिन् । गत भदौ ११ गतेदेखि सम्पर्कविहीन बस्नेत आज बिहान इस्मा गाउँपालिका– ४ कुबिन्देको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । 

      बस्नेतकी बहिनी सुमित्रा बस्नेतले दिदी हराएको भन्दै खोजतलासका लागि १३ भदौमा प्रहरी चौकी इस्मामा फोटोसहितको निवेदन दिएकी थिइन् । निवेदन दिएको एक सातापछि ज्ञानकुमारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । 

      प्रधानका अनुसार मृतक बस्नेतको जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा पोष्टमार्टम हुनेछ । उनका श्रीमान पनि विगत १७ वर्षदेखि बेपत्ता रहेको स्थानीयले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

        कमेन्टहरु