समाचार

    वीर अस्पतालकाे छैठौं तल्लाबाट हाम फालेका पुरुषको मृत्यु

    नवलपुर टुडे
    २०८० भदौ १८ | मध्यान्ह ०१:०५ बजे

      काठमाडौं, भदौ १८ । वीर अस्पतालको सर्जिकल भवनको छैटौं तल्लाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहान साढे दुई बजे अस्पतालको छैटौं तलाबाट परिचय नखुलेको एक पुरुषले हाम फालेको अस्पतालले जनाएको छ ।

      अन्दाजी ३५/४० वर्षका ती पुरूष अस्पतालको सर्जिकल भवनमा राति २:१५ बजेको समयमा छिरेको देखिएको अस्पताल स्रोतको भनाइ छ । सीसीटीभीमा हेर्दा मृत फेला परेका व्यक्ती फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ र केही समयपछि ६ तल्लाबाट फुत्त झरेको देखिन्छ ।

      उनी आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको भन्दै अस्पतालभित्र प्रवेश गरेको अस्पताल स्रोतले जनाएको छ । तर ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र कुरूवा नभएको अनुसन्धानबाट पुष्टी भएको छ ।

      घटनाबारे थप अनुसन्धान भईरहेको र मृतकको शव प्रहरीले मुचुल्का उठाई त्रिवि शिक्षण अस्पतालमा लगिएको अस्पतालले जनाएको छ ।

        कमेन्टहरु