द्रोपदी देवी माविमा अनेरास्ववियु कमिटी गठन, अध्यक्षमा गुडिया यादव

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका –७ गणेशपुमा अवस्थित लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गठन गरिएको छ । प्लस टुमा अध्ययनरत विद्यार्थीको अनेरास्ववियु कमिटी गठन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुको भेलाले गुडिया यादवलाई अध्यक्ष पदमा चयन गरेको छ । यादवको नेतृत्वमा २७ सदस्य लौटनराम द्रोपदी देवी मावि अनेरास्ववियु कमिटी गठन गरिएको अनेरास्ववियु विजयनगर गाउँ कमिटीकी सचिव अनुपा खड्काले जानकारी दिइ्न ।
जसको उपाध्यक्षमा दिनेश लोहार, सुनिला पाल, सचिवमा सुमित्रा पासी, सह–सचिवमा रिंका यादव, कृष्ण गोपाल तेली र कोषाध्यक्षमा उर्मिला यादव गरि २७ सदस्य लौटनराम द्रोपदी देवी मावि अनुरास्ववियु कमिटी गठन गरिएको छ ।
अनुरास्ववियु विजयनगर गाउँ कमिटीका अध्यक्ष उपेन्द्र कँहारको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा नेपाल आदर्श बहुमुखी क्याम्पसका सभापति राम कुमार तेली, अनेरास्ववियु जिल्ला सदस्य डेमराज मौर्य, वडा अध्यक्ष दिनेश कुमार चौधरी, अनेरास्ववियु विजयनगर गाउँ कमिटी उपाध्यक्ष पवन क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।





