राष्ट्रियसभाको बैठक सोमबार बस्दै

नवलपुर टुडे
२०८० भदौ १७ | मध्यान्ह ०४:०५ बजे

काठमाडौँ, भदौ १७ । राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।
बैठकमा एकमात्र सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार ‘विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।





