स्वास्थ्य सेवा ऐनको नियम उल्लंघन गर्दै स्वास्थ्य शाखाका कर्मचारी पार्टीको कार्यक्रममा


सिरहा, भदौ १७ । स्वास्थ्य सेवा ऐन-२०४९ को नियम उल्लंघन गर्दै सिरहाको गोलबजार नगरपालिका वडा नं.११ बल्कावाको स्वास्थ्य शाखामा सि.अ.ए.ब पदमा कार्यरत शत्रुधन प्रसाद साहले राजनैतिक दलको प्रचारप्रसार कार्यक्रममा सहभागी भएका छन् ।
गोलबजार नगरपालिका वडा नं.१ गोलामुक्सारमा “जन जनमा माओवादी घर घरमा माओवादी” भन्ने ३ महिने अभियानको उद्घाटन कार्यक्रममा शाह सहभागी भएका हुन् । उनले माओवादी पार्टीको कार्यक्रममा सहभगी भएको तस्बिर फेसबुक वालमा राखेर “जन जनमा माओवादी घर घरमा माओवादी, जनतासँग माओवादी” लेख्दै प्रचारप्रसार समेत गरेका छन् ।
स्वस्थ्य सेवा ऐनमा कुनै पनि निजामती कर्मचारीले पार्टीको प्रचारप्रसार तथा समर्थन वा विरोध गर्न नपाइने लेखिएको छ । ऐनमा भनिएको छ-‘ निजामती कर्मचारीले राजनीतिमा भाग लिन नहुने, कुनै पार्टीको प्रचार प्रसार गर्ने र वक्तव्य दिन वा भाषण गरी राजनीतिमा भाग लिन हुँदैन ।’
हिजोआज सरकारी कर्मचारीहरू प्राय सरकारको तलब भत्ता खाएर पार्टीको काममा व्यस्त भएर हिडिरहेको देखिन्छ ।





